Kathmandu Press

कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुंगे पुल उद्घाटन

ललितपुर, चैत १४ : ललितपुर महानगरपालिका–२२ मा कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले...
कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुंगे पुल उद्घाटन

ललितपुर, चैत १४ : ललितपुर महानगरपालिका–२२ मा कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ। 

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले निर्माण गरिएको झोलुंगे पुलको सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्।

१३५ मिटर लम्बाइ रहेको पुलको ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै कार्यविनायक र मच्छिन्द्रबहालमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई भ्रमणका लागि सहज हुने बताइएको छ।

कार्यक्रममा मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने पुल निर्माण भएसँगै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताइन्। उनले कार्यविनायक र मच्छिन्द्र बहालको संरक्षणमा पनि ध्यान दिनुपर्ने धारणा राखिन्।

मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै स्थानीयको पहलमा नै अभियान चलाउन सुझाव दिइन्। मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो पुल निर्माण गरिएको हो।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्