मजदुरको आन्दोलन स्थगित
काठमाडौं, माघ २२ : सेवा शुल्क खारेजिको निर्णयविरुद्ध आजदेखि देशभरका रेष्टुराँ बन्द गर्ने घोषणा गरेका मजदुर संगठनले आन्दोलन स्थगित गरेका छन् ।
<....
काठमाडौं, माघ २२ : सेवा शुल्क खारेजिको निर्णयविरुद्ध आजदेखि देशभरका रेष्टुराँ बन्द गर्ने घोषणा गरेका मजदुर संगठनले आन्दोलन स्थगित गरेका छन् ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघले सरकारको आग्रहमा आफ्नो निर्णय स्थगित गरेको हो । संघका महासचिव मुक्ती दाहालले आज दिउसो ३ बजे वार्ता भएकाले तत्कालका लागि बन्दको आह्वान स्थगित गरेको बताए ।
रेस्टुरेन्ट तथा एसोसिएसन अफ नेपाल (रेबान) ले उपभोक्तासँग लिने गरेको १० प्रतिशत सेवाशुल्क नलिने निर्णय गरेपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
आज दिउसो ३ बजे हुने वार्ता पछि आन्दोलनको कार्यक्रम तय गरिने जनाएको छ ।
प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, माघ २२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1754206481.jpg)