Kathmandu Press

आगलागीमा एक जनाको मृत्यु

उदयपुर, चैत १४ : उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।शिखरमा आइतबार आगलागी भएको हो। आगलागीमा सात घर जलेका...
आगलागीमा एक जनाको मृत्यु

उदयपुर, चैत १४ : उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

शिखरमा आइतबार आगलागी भएको हो। आगलागीमा सात घर जलेका छन्।

आगलागीमा ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए। विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको यादवले बताए।

सात घर आगोले नष्ट भएको उनले बताए। पीडित परिवारलाई राहत दिने तयारी भइरहेको उनले बताए।

प्रकाशित मिति: ०८:४० बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्