Kathmandu Press

तालमेलबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, चैत १४ : स्थानीय चुनावमा तालमेलका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ।शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा...
तालमेलबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, चैत १४ : स्थानीय चुनावमा तालमेलका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ।

शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापति र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन्। शुक्रबार २७ र आइतबार ५४ केन्द्रीय सदस्यले बोलेका छन्।

आज बाँकी रहेका केन्द्रीय सदस्यले बोल्नेछन्। आज केन्द्रीय सदस्यले बोल्ने क्रम सकिने र स्थानीय चुनावका विषयमा निर्णय हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

अहिलेसम्म बोल्ने अधिकांश केन्द्रीय सदस्यले तालमेल गरेरै चुनावमा जानुपर्ने धारणा राखेका छन्। उनीहरुले आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन्।

केही केन्द्रीय सदस्यले कांग्रेस एक्लैले चुनावमा जानुपर्ने पनि मत राखेका छन्। तर, धेरै जसो केन्द्रीय सदस्यले गठबन्धन गरेर स्थानीय चुनाव लड्नुपर्ने धारणा राखेको प्रवक्ता डा.महतले बताए।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्