एनआरएनमा एकैपटक तीन अध्यक्ष, आलोपालो नेतृत्व सम्हाल्ने
काठमाडौं, चैत १३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य,...
काठमाडौं, चैत १३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जना चयन भएका छन् ।
संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
विवादका कारण लामो समय अन्यौलमा परेको १० औ महाधिवेशनले तीन जनालाई अध्यक्ष चुनेको हो । अब बाकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।
अध्यक्षमा निर्वाचित तिनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापण समारोहमै पद तथा गोपनियताको सपथ खुवाए ।
प्रकाशित मिति: २०:५६ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











