मतदाताको संख्या कहाँ कति ? (विवरणसहित)
काठमाडौं, चैत १३ : निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली...
काठमाडौं, चैत १३ : निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले प्रकाशन गरेको अन्तिम मतदाता आंकडा अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेका छन् । मधेश प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, वागमती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९ मतदाता रहेका छन् ।
यस्तै गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेका छन् ।
सबैभन्दा धेरै मोरङमा, मनाङमा थोरै
आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन् । जहाँ ७ लाख १५ हजार २ सय २३ जना रहेका छन् ।
यस्तै सबैभन्दा कम मतदाता मनाङ, रहेका छन् । जहाँ जम्मा ६ हजार ४९६ मतदाता रहेका छन् ।












