स्थानीय तह आचारसंहिता विरुद्ध परेको मुद्दा एक साता पछि सर्यो
काठमाडौं, चैत १३ : स्थानीय निर्वाचनमा उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजिनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचार संहिता विरुद्धको रिट निवेदनको सुनुवाइ...
काठमाडौं, चैत १३ : स्थानीय निर्वाचनमा उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजिनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचार संहिता विरुद्धको रिट निवेदनको सुनुवाइ एक साताका लागि सरेको छ ।
न्यायाधीशहरु प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा परेको निवेदन हेर्न नभ्याइएकाले आज (आइतबार) सुनुवाइ हुन नसकेको हो । उक्त निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतले चैत २१ गते सोमबार पेशी तोकेको हो ।
गतसाता न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आचारसंहिताको राजिनामा दिने व्यवस्था तत्कालका लागि कार्यान्वयन नगर्नु भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
प्रकाशित मिति: १९:५५ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











