आगामी निर्वाचनमा १ कराेड ७७ लाखबढीले मतदान गर्ने

काठमाडाैं, चैत १३ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन्। आइतबार निर्वाचन आयोगले अन्तिम मतदाता नामावली तय गर्दै १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेकाे जनाएकाे हाे।
जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन्।
पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेकाे आयाेगले जनाएकाे छ। गत २०७४ सालकाे निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।
आयाेगकाे अनुसार सबभन्दा बढी मोरङमा ७ लाख १५ हजार २ सय २३ जना मतदाता र सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन।
प्रकाशित मिति: १९:०८ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











