Kathmandu Press

कांग्रेसको बैठक सोमबार पनि जारी रहने, आज क-कसले बोले ? 

कांग्रेसको बैठक सोमबार पनि जारी रहने, आज क-कसले बोले ? 

काठमाडौं, चैत २३ : नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पनि जारी रहने भएको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठक सोमबार पुनः बस्ने गरी आजका लागि स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । बैठक सोमबार बिहान साढे ११ बजे पुनः बस्ने छ । आजको बैठकमा ५० बढी केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।

पौडेलका अनुसार बैठकमा केन्द्रीय सदस्यहरु एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा।डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, डा.गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्र्व वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङले आफ्नो धारणा राखेका छन् ।  

यस्तै आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुन जंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आ–आफ्नो धारणा व्यक्त गरेका छन् । 


 

प्रकाशित मिति: १८:५७ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्