Kathmandu Press

प्रतिपक्षी एमालेको आरोप, ‘सरकारले निर्वाचनलाई प्रभावित पार्न खोज्यो’

काठमाडौं, चैत १३ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ। आइतबार काठमाडौंमा बसेको एमाले स्थायी कमिटी बैठकले...
प्रतिपक्षी एमालेको आरोप, ‘सरकारले निर्वाचनलाई प्रभावित पार्न खोज्यो’

काठमाडौं, चैत १३ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ। 

आइतबार काठमाडौंमा बसेको एमाले स्थायी कमिटी बैठकले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाउदै निर्वाचनलाई प्रभावित पार्ने काम भएको निष्कर्ष निकालेको हो । 

बैठकले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोगको भूमिका अनुचित देखिएको भन्दै मतपत्रको रङ परिवर्तन गरेर हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्चाउन माग गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

त्यस्तै बैठकले महाकाली नदीमा भारतले एकतर्फी निर्माण गरिरहँदा सरकार मौन बसेका भन्दै आपत्ति जनाएको समेत उनले बताए । बैठकले स्थानीय चुनावको प्रतिबद्धता पत्र तयारीका लागि चैत १६ गते हाइब्रिड भर्चुअल बैठक राख्ने निर्णय पनि गरेको छ । 

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सत्ता पक्षीय दललाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको बताएका थिए । आयोगले दलहरुसँग परामर्श नगरी एउटा दललाई फाइदा पुग्ने गरि मतपत्रको रंग बदल्ने, मनोनयन दर्ताको समय दुई दिन दिनेजस्ता निर्णय गरेको ओलीको भनाइ थियो । 

प्रकाशित मिति: १८:३६ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्