अबकाे एक दशक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी चाहिएकाे छ : महामन्त्री थापा
काठमाडाैं, चैत १३ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न अावश्यक रहेकाे बताएका छन। आइतबार १०औँ गैर आवासीय नेपाली...
काठमाडाैं, चैत १३ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न आवश्यक रहेकाे बताएका छन। आइतबार १०औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले अबकाे एक दशक पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन्।
उनले आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने बताउँदै मानव विकासको अवस्था नबदली पूर्वाधारले मात्र विकास नहुने बताए। नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको उनले स्पष्ट पारे।
महामन्त्री थापाले गैरआवासिय नेपालीसँग नडराई उनीहरूलाई नेपालमा लगानी गर्न दिन नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने बताए।
‘हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ । पासपोर्ट दिन डराएका हुन्छौ । जसरी तपाईहरुलाई अधिकार दिन डराएका हुन्छौँ ।’ उनले भने, ‘आफ्नै दाजुभाइहरुसँग,आफ्नै दिदीबहिनीहरुसँग कहिँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ जसको कारणले गर्दाखेरी हामीले हात खोल्नुपर्ने हो, त्यो हात नखोलेर हाम्रो मुट्ठी कसिएको अवस्था छ । यो विषयको सन्दर्भमा नेपालको लिडरशिपले त्यो कन्फिडेन्स राख्नैपर्छ । र यसका केही नयाँ ढंगले हाम्रो साझेदारी गर्नैपर्ने हुन्छ ।’











