अर्थमन्त्रीमा असक्षमता देखिएकाले उहाँकाे राजीनामा मागेकाे हुँ : प्रकाश स्नेही
काठमाडाैं, चैत १३ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ।केन्द्रीय समितिको आज (आइतबार) बसेको दोस्रो दिनको बैठकमा आफ्नो...
काठमाडाैं, चैत १३ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ।
केन्द्रीय समितिको आज (आइतबार) बसेको दोस्रो दिनको बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा मागेका हुन्।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै केन्द्रीय सदस्य स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने माग आफूले राखेको बताए।
अर्थमन्त्री असक्षम भएको र गठबन्धमा कुरा गरेर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्रीमा शर्मा आएपछि मुलुक असक्षमतातर्फ उन्मुख भएको यउनले बताए। निर्वाचन आयोगले मागेको बजेट दिन पनि अर्थ मन्त्रालयलाई लामो समय लागेको उनको भनाइ थियो। ‘श्रीलंकाले जसरी विद्यार्थीको प्रश्नपत्र छाप्न विदेशी अनुदान छाप्नुपर्यो त्यसरी नै नेपालले पनि मतपत्र छाप्न विदेशी अनुददान माग्नुपर्यो भन्ने कस्तो अवस्था आउला,’ उनले भने।
अर्थमन्त्री शर्मा असक्षम भइसकेकाले गठबन्धनभित्र काराकानी गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई बर्खास्त गर्नुपर्नेमा जोड दिए।











