Kathmandu Press

महावीरको अविष्कार केन्द्रलाई १ करोड राशिको  ‘भवन कीर्ति रत्न’ पुरस्कार

काठमाडाैं, चैत १३ : महावीर पुन तथा उनको पहलमा स्थापना भएको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड राशिको  ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिने...
महावीरको अविष्कार केन्द्रलाई १ करोड राशिको  ‘भवन कीर्ति रत्न’ पुरस्कार

काठमाडाैं, चैत १३ : महावीर पुन तथा उनको पहलमा स्थापना भएको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड राशिको  ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा सो पुरस्कार दिन लागिएको हो। 

एनआरएनको १०औं सम्मेलनका अवसरमा बिबी फाउन्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले उक्त पुरस्कारको घोषणा गरेका हुन्।

मुलुकको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदर गरेर उक्त पुरस्कार घोषणा गरिएको उनले बताए।

‘भवन कीर्ति रत्न’ पुरस्कार दुईदुई वर्षमा प्रदान गरिन्छ। एनआरएनएको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउन्डेसनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई पुरसकार दिने गरिएको छ।

एनआरएनएको सम्मेलनको अवसर पारेर यो पुरस्कार दिने गरिएको छ।

प्रकाशित मिति: १७:४४ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्