Kathmandu Press

आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने पक्षमा कांग्रेस : प्रवक्ता महत

काठमाडाैं, चैत १३ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन्।पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति...
आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने पक्षमा कांग्रेस : प्रवक्ता महत

काठमाडाैं, चैत १३ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने पक्षमा कांग्रेस रहेकाे बताएका छन्।

आज (आइतबार) पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक चलिरहँदा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन हुन सक्ने बताएका हुन्।

‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ,’ उनले भने, ‘कांग्रेस चुनावी तालमेल गर्न उदार छ।’ स्थानीय तहमा कांग्रेसको अवस्था हेरेर गठबन्धन गरिने उनको भनाइ छ।

हरेक वडा र पालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र कसरी अगाडि जाँदा पार्टी बलियो हुन्छ भन्ने कुरामा केन्द्रित रहेर गठबन्धन गरिने उनको भनाइ थियो।

बैठकमा सबै वक्ताले भनाइ राखिसकेपछि मात्रै चुनावी तालमेलबारे आधिकारिक निर्णय हुने उनले जानकारी दिए। उनका अनुसार अधिकांश वक्ताले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने भनाइ राखेका छन्।

महतले भोलि (सोमबार) फेरि बैठक बस्ने र आउने चुनावमा गठबन्धनसँग मिलेर जाने वा एक्लै जाने भन्ने विषयमा निर्णय हुने बताए। कांग्रेस केन्द्रीय कमिटी बैठक शुक्रबार सुरु भएको हो।   

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्