Kathmandu Press

सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको छ : नेपाल

काठमाडाैं, चैत १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन्।आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद...
सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको छ : नेपाल

काठमाडाैं, चैत १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको र एमाले भुइँमा पछारिएको समेत बताए।

उनले सुदूरपश्चित सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको धारणा राखे। उनले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए।

आन्दोलनका रक्षा गर्न, पार्टीको क्रान्तिकारी धारलाई तीखो बनाउन जनताले हौसला प्रदान गरेको उनको भनाइ छ। 

उनले पार्टीको नीति र विचारका साथ क्रियाशील हुन आग्रह गरे। 

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्