जनताकाे विश्वास गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्छ : अध्यक्ष
काठमाडाैं, चैत १३ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताकाे विश्वास गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन्।शनिबार काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा...
काठमाडाैं, चैत १३ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताकाे विश्वास गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायीत्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन्।
उनले स्थानीय तहमा दोहरिन चाहनेले पनि आफूले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्यांकन गर्नुपर्ने धारणा राखे।
देश बनाउने जिम्मेवारी प्रत्येक नागरिकको पनि रहेको भन्दै नागरिकलाई देशप्रति उत्तरदायी बनाउने काम जनप्रतिनिधिकै रहेको उहाले बताए।
तिमिल्सिनाले भ्रमपूर्ण कुराबाट सचेत रहेर विवेकपूर्ण तरिकाले जनप्रतिनिधिको छनेट गर्नुपर्ने उल्लेख गरे।.
कार्यक्रममा गाउँ सभा/ नगरसभा सञ्चालन तथा कानुन निर्माण प्रकृयासमबन्धी स्रोत पुस्तिका विमोचन गरिएको थियो।

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











