Kathmandu Press

नाइजेरियाको सत्तारुढ दलमा नयाँ नेतृत्व

अबुजा, चैत १३ : नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसिभ कंग्रेस पार्टीमा नयाँ नेतृत्व चयन गरिएको छ।आगामी सन् २०२३ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि...
नाइजेरियाको सत्तारुढ दलमा नयाँ नेतृत्व

अबुजा, चैत १३ : नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसिभ कंग्रेस पार्टीमा नयाँ नेतृत्व चयन गरिएको छ।

आगामी सन् २०२३ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि पार्टीभित्रको विवाद कम गर्ने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको अधिकारीहरूले जनाएका छन्।

Hardik ivf

वर्तमान राष्ट्रपति मोहम्मद बुहारीलाई विस्थापित गर्ने गरी नयाँ उम्मेदवार छनौट गर्ने तयारीमा सत्तारुढ दल रहेको छ। राष्ट्रपति बुहारी सन् २०१५ मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएका थिए।

झन्डै एक साता लामो आन्तरिक छलफल र कसरतपछि पार्टीका बरिष्ठ नेता अब्दुल्लाही अडामुलाई पार्टीको नेतृत्व दिने सहमति भएको हो। उनलाई वर्तमान राष्ट्रपति बुहारीको समेत समर्थन रहेको छ।

पार्टीमा नेतृत्व संकट टरेको र आपसी विवाद पनि अब अन्त्य हुने उनले दाबी पनि गरेका छन्।

सबैभन्दा धेरै जनसङ्ख्या रहेको अफ्रिकी मुलुक नाइजेरियामा राष्ट्रपति बुहारीप्रति असन्तुष्टि जनाउदै यसअघिदेखि नै विकल्पको खोजी भइरहेको थियो। नयाँ नेतृत्वका लागि थुप्रै प्रभावशाली नेताहरूले कसरत गरेका थिए।

राजधानी अुबजामा भएको हजारौँ सहभागी सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएपछि मुलुकको राजनीतिले नै स्पष्ट मार्ग समात्ने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्