Kathmandu Press

एमालेकाे सरकारले छरेका भ्रम चिर्दै अघि बढ्नु जरूरी : नेपाल

काठमाडाैं, चैत १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढ्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन,...
एमालेकाे सरकारले छरेका भ्रम चिर्दै अघि बढ्नु जरूरी : नेपाल

काठमाडाैं, चैत १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढ्नुपर्ने बताएका छन्। 

आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघिको एमाले सरकारले बिकासको झुटा प्रचार गरेको भन्दै एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढ्नुपर्ने बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी ओलीले पानी जहाज, रेलमार्गलगायत विकासका काम कागजमै सीमित भएको तर्क गरे। अध्यक्ष नेपालले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको आरोप लगाए।

आफूहरुले एमालेलाई अहिलेको अवस्थामा ल्याए पनि व्यक्तिवाद हाबी हुन पुगेका कारण समाजवादको नयाँ क्रान्तिको यात्रामा अघि बढिएको उनको भनाइ छ। कार्यक्रममा अध्यक्ष नेपालले ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएको उल्लेख गरे।

अध्यक्ष नेपालले पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गर्दै पार्टीको सकारात्मक पक्षको प्रचार गर्न आग्रह गरे। 

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्