Kathmandu Press

प्रदेश १ सभाको चालु हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुने

विराटनगर, चैत १३ : प्रदेश १ प्रदेश सभाको चालु हिउँदे अधिवेशन आज (आइतबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले...
प्रदेश १ सभाको चालु हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुने

विराटनगर, चैत १३ : प्रदेश १ प्रदेश सभाको चालु हिउँदे अधिवेशन आज (आइतबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको बताए।

पत्रका आधारमा प्रदेश प्रमुख खापुङले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि प्रदेशसभाको नवौं तथा चालु हिउँदे अधिवेशन अन्त्य गरेका छन्।

हिउँदे अधिवेशनमा प्रदेश नामकरणका लागि संसदमा प्रस्ताव लाने भनिए पनि त्यसो नगरीकनै संसद अधिवेशन टुंग्याइएको छ।

सत्ता गठबन्धनका नेताहरुले प्रदेशको नामबारे छलफल गरेर अब बर्खे अधिवेशनमा प्रस्ताव लाने र नाम टुंग्याउने जनाइएको छ।

सात प्रदेशमध्ये नाम राख्न बाँकी यही प्रदेश मात्र हो।

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्