Kathmandu Press

गाई काटेको अभियोगमा चितवनमा तीन जना पक्राउ

भरतपुर, असोज १४ : गाई काटेको अभियोगमा चितवनमा तीन जना पक्राउ परेका छन्। अन्य दुई जना फरार भएका छन्।

पूर्वी चितवनको कालिका नगरपालिका&nda....

गाई काटेको अभियोगमा चितवनमा तीन जना पक्राउ
फाइल

भरतपुर, असोज १४ : गाई काटेको अभियोगमा चितवनमा तीन जना पक्राउ परेका छन्। अन्य दुई जना फरार भएका छन्।

पूर्वी चितवनको कालिका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा मंगलबार बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन्। उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो। 

सोही क्रममा फरार रहेका दुई जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले सो विषयमा थप अनुसन्धान भइरहेको बताए। 

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, असोज १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्