Kathmandu Press

एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

सान साल्भाडोर, चैत १३ : एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ।देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर...
एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

सान साल्भाडोर, चैत १३ : एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ।

देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन्।

'मार्च २६ शनिबार देशमा ६२ हत्याका घटना भएको छ,' राष्ट्रिय  जनपद प्रहरीले ट्विटरमा पोस्ट गरेको छ।

'हामी गिरोहहरूविरुद्धको यो युद्धमा पछि हट्नेछैनौं। यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं,' प्रहरीले  बताएको छ। 

प्रकाशित मिति: १४:४० बजे, आइतबार, चैत १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्