लोसपा केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश
काठमाडौं, चैत १३ : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।सभापति शेरबहादुर देउवाले आज (आइतबार) पार्टी कार्यालय सानेपामा लाेसपा...
काठमाडौं, चैत १३ : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सभापति शेरबहादुर देउवाले आज (आइतबार) पार्टी कार्यालय सानेपामा लाेसपा त्यागेर आएका उनलाई नेपाली कांग्रेसमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश गरिसकेपछि यादवले नेपाली कांग्रेस लोकतन्त्रलाई स्थायित्व दिने एक मात्र पार्टी भएको आफूले त्यसलाई रोजेको बताए।
पार्टी प्रवेश कार्यक्रममा नेता विजयकुमार गच्छदार र प्रदेश २ कांग्रेसका प्रदेश सभापति कृष्ण यादवसमेत सहभागी भएका थिए।
प्रकाशित मिति: १४:२४ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











