सर्लाहीमा बस पल्टियो, चारजनाको मृत्यु ३० घाइते
काठमाडौं, चैत १३ : सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित पुलबाट खोलामा खसेर...
काठमाडौं, चैत १३ : सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित पुलबाट खोलामा खसेर बस दुर्घटनाग्रस्त भएको हो।
वीरगञ्जबाट जनकपुर गइरहेको ना ४ ख ८५५५ नम्बरको चारजनाको मृत्यु भएको हो । दुर्घटनामा ३० जना घाइते भएका छन्।
घाइतेहरुको उद्धार गरी अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पुल साँघुरो भएको र विपरित दिशाबाट आउँदै गरेको टाटासुमोलाई साइड दिने क्रममा बस पुलबाट खसेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १३:३७ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











