Kathmandu Press

सुडानद्वारा साउदी अरेबियामा यमनी हुथी विद्रोहीले गरेको आक्रमणको निन्दा

काठमाडाैं, चैत १३ : सुडानले शनिबार साउदी अरेबियाका नागरिक सुविधाहरूमा यमनी हुथी विद्रोहीले गरेको आक्रमणको निन्दा गरेको छ।'सुडानले साउदी अरेबियाको दक्षिणी क्षेत्रमा विस्फोटक...
सुडानद्वारा साउदी अरेबियामा यमनी हुथी विद्रोहीले गरेको आक्रमणको निन्दा

काठमाडाैं, चैत १३ : सुडानले शनिबार साउदी अरेबियाका नागरिक सुविधाहरूमा यमनी हुथी विद्रोहीले गरेको आक्रमणको निन्दा गरेको छ।

'सुडानले साउदी अरेबियाको दक्षिणी क्षेत्रमा विस्फोटक पदार्थले भरिएको ड्रोनको निरन्तर प्रक्षेपणका लागि हुथी मिलिसियाको कडा शब्दमा निन्दा गर्दछ,' सुडानको विदेश मन्त्रालयले विज्ञप्तिमा  जनाएको छ।

'हुथी आक्रमणले नागरिक र नागरिक सुविधाहरू खतरामा परेका छन् र यो क्षेत्रमा त्रास धेरै बढेकाे छ,' मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयले आफ्नो सुरक्षा र स्थिरतालाई लक्षित गर्ने कुनै पनि खतराको विरुद्धमा साउदी अरेबियाको लागि सुडानको दृढ समर्थनलाई पुनः पुष्टि गरेको छ।

यमनको हुथी मिलिसियाले शुक्रबार साउदी अरेबियाको जेद्दा र राजधानी रियामा रहेको तेल प्रशोधन केन्द्रहरूमा सीमापार ड्रोन र मिसाइल आक्रमणको जिम्मेवारीसमेत लिएको छ।

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, चैत १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्