Kathmandu Press

यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

सन्ना, चैत १३ : यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ।

समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने 'स्थायी' युद्धविरामको सम्भावना प्रस्ताव गरेको समेत अल जजीराले उल्लेख गरेको छ।

साउदी अरेबिया ग्रान्ड प्रिक्स दौड अघि शुक्रबार जेद्दाह तेल डिपोमा आगलागी भएको बेलामा यो प्रमुख घटनाक्रम आएको हो।

हुथी राजनीतिक नेता महदी अल(मशातले क्षेप्यास्त्र र ड्रोन आक्रमण र सबै सैन्य कारबाही तीन दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
'यो एक निष्कपट निमन्त्रणा र विश्वास पुनर्स्थापित गर्न र सबै पक्षलाई वार्ताको क्षेत्रबाट कार्यको क्षेत्रमा लैजानको लागि  चालिएको व्यावहारिक कदम हो,' अल मसातले भनेका छन्।

'र हामी यो घोषणालाई अन्तिम र स्थायी प्रतिबद्धतामा परिणत गर्न तयार छौं यदि साउदी अरेबियाले यमनमा घेराबन्दी अन्त्य गर्ने र यमनमा आफ्ना आक्रमणहरू सदाका लागि रोक्ने प्रतिबद्धता गर्दछ,' उनले थपे।

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, चैत १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्