Kathmandu Press

चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तामा ओलीले के भने ? 

पत्रकारहरुसँग कुराकानी गर्दै एमालेका विदेश विभाग प्रमुख राजन भट्टर्राले चिनियाँ विदेशमन्त्रीसँगको छलफलमा अध्यक्ष अ‍ोलीले बिराआई लगायतका परियोजनालाई निरन्तरता दिँदै चाँडै सम्पन्न गर्न आग्रह गरेको जानकारी दिएका छन्। 
चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तामा ओलीले के भने ? 

काठमाडौं, चैत १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग तत्कालीन तथा दीर्घकालीन परियाेजनाहरुलाई चाँडै सुरु गर्न आग्रह गरेका छन्। 

आइतबार बिहान भएको भेटवार्तामा ओलीले विदेशमन्त्री यीमार्फत चीन सरकारलाई पूर्वनिर्धारित परियोजनाहरुलाई यथाशिघ्र अगाडि बढाउन आग्रह गरेका हुन्। पत्रकारहरुसँग कुराकानी गर्दै एमालेका विदेश विभाग प्रमुख राजन भट्टर्राले चिनियाँ विदेशमन्त्रीसँगको छलफलमा अध्यक्ष अ‍ोलीले बिराआई लगायतका परियोजनालाई निरन्तरता दिँदै चाँडै सम्पन्न गर्न आग्रह गरेको जानकारी दिएका छन्। 

‘बिआराई अन्तर्गतका आयोजनाहरुलाई निरन्तरता दिनुपर्छ, तिनलाई चाडो सक्नपर्छ। रेल, सिँचाइ, सडक, जलविद्युत् अनि नाका व्यवस्थित गर्ने आयोजनामा चीनको सहयोग होस् भनेर अध्यक्षले भन्नुभएको छ, भट्टराईले भने, ‘शिक्षा, स्वास्थ्यमा समेत चिनियाँ सहयोग अगाडि बढ्दा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सहयोग गर्छ। बन्द नाकाहरु चाडै सुचारु बनुन र चीन जान रोकिएका विद्यार्थीहरुको अध्ययन सुचारु बनाउनका लागि ध्यान दिन आग्रह गर्नुभएको छ।’

भेटमा कोभिड महामारीको बेला चीनले स्वास्थ्य उपकरण र खोप सहयोग गरेकोप्रति पनि ओलीले आभार व्यक्त गरेका थिए ।

त्यस्तै हुम्ला पारि करिब ५ सय नेपालीहरु रोकिएको सुनेको बताउँदै भट्टराईले यदि त्यो कुरा सत्य हो भने उनीहरुलाई छिटो ल्याउने वातावरण मिलाइदिन पनि आग्रह गरेको जानकारी दिए ।
 

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्