Kathmandu Press

विद्यालयलाई आधारभूत खेलकुद क्षेत्रको रुपमा विकास गर्नुपर्छ : मन्त्री गहतराज

बनेपा, चैत १३ : युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजले विद्यालयलाई आधारभूत खेलकूद क्षेत्रको रुपमा पनि विकास गर्ने तयारीमा सरकार लागिरहेको बताएका छन्। वाग्मती प्रदेश...
विद्यालयलाई आधारभूत खेलकुद क्षेत्रको रुपमा विकास गर्नुपर्छ : मन्त्री गहतराज

बनेपा, चैत १३ : युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजले विद्यालयलाई आधारभूत खेलकूद क्षेत्रको रुपमा पनि विकास गर्ने तयारीमा सरकार लागिरहेको बताएका छन्। 

वाग्मती प्रदेश खेलकूद विकास परिषद्को आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित खेल मैदानमा शनिबार सम्पन्न कार्यक्रममा उनले ‘एक विद्यालयः एक स्पोर्टस् क्लब’को रुपमा विकास गरेर खेल पूर्वाधारको आधार तयार पार्दै जाने गृहकार्यमा सरकार लागिपरेको बताएका हुन्। 

‘स्थानीयदेखि प्रदेश र सङ्घीय सरकारले खेल क्षेत्रको दिगो विकासका लागि बजेट वृद्धि गर्दै लगिनेछ,’ उनले भने, ‘नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता छिट्टै सम्पन्न गर्ने तयारीमा सरकार जुटेको छ।’

सो अवसरमा उनले विजयी खेलाडीलाई नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि तयारी रहन आग्रह गरे। प्रदेश खेलकूद विकास परिषद्ले खेलकुदको विकास र प्रवर्धन गर्ने उद्देश्यले प्रथम प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर महत्वपूर्ण कदम चालेको उल्लेख गर्दै उनले यसले खेल क्षेत्र चलायमान हुनुका साथै खेलाडी उत्साहित भएको बताए। 

वाग्मती प्रदेशका युवा तवा खेलकुदमन्त्री रत्न ढकालले प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा विभिन्न आठ विधामा खेलकूद प्रतियोगिता सञ्चालन गरिसकेको बताउँदै  खेलकूद क्षेत्रको विकासका लागि पूर्वाधारको विकास, खेलाडीको संरक्षण, खेल सामग्रीको व्यवस्थापन तथा खेलकूद प्रतियोगिताको आयोजना गर्ने काममा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

वाग्मती प्रदेशका पूर्वकृषि तथा पशुपक्षी विकासमन्त्री चन्द्र लामाले खेलकूद क्षेत्रको विकासका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए। बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले खेलमैदानलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनका लागि तीन वटै तहको सरकार गम्भीर हुनुपर्ने बताए। 

कार्यक्रममा मन्त्री गहतरजाले महिला फुटबलतर्फका प्रथम हुने मकवानपुर र दोस्रो हुनै धादिङलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरे। त्यस्तै नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले र खेलकूद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बक्सिङ तर्फ प्रथम, द्वितीय र तितीय हुन सफल खेलाडीलाई प्रमाणपत्र वितरण गरे। 

बक्सिङतर्फ ४८ केजी तौल समूहमा रवीन थापा काठमाडौँ प्रथम, नवीन कार्की सिन्धुली दोस्रो र लक्ष्मण राई काभ्रेपलाञ्चोक तेस्रो भएका छन्। ५१ केजी तौल समूहमा लालप्रसाद उप्रेती काभ्रेपलाञ्चोक प्रथम, उमंग खत्री सिन्धुली दोस्रो र सरोज गुरुङ रसुवा तथा सन्तोष राई ललितपुर तेस्रो भए। 

यसैगरी ५४ केजी तौल समूहमा सुमन नेपाली ललितपुर प्रथम, मदनकृष्ण डंगोल काठमाडौं दोस्रो तथा छिरिङवाङदी शेर्पा रसुवा र वपिन गोपाली काभ्रेपलाञ्चोक तेस्रो भएका छन्।

त्यस्तै ५७ केजी तौल समूहतर्फ सुरज महर्जन काठमाडौं प्रथम, रोशन अछामी ललितपुर दोस्रो, सुदेश मानन्धर मकवानपुर र तलबहादुर छन्त्याल रामेछाप तेस्रो भए।

त्यस्तै ६० केजी तौल समूहतर्फ निशान दास ललितपुर प्रथम, शेखर कुट्वाजु भक्तपुर दोस्रो, सुलभ माली रसुवा र अनिश पुलामी मकवानपुर तेस्रो भए।

६३ केजी तौल समूहतर्फ मौसम राना मगर रसुवा प्रथम, मनिश श्रेष्ठ काठमाडौं दोस्रो, रिजन गुरुङ काभ्रेपलाञ्चोक र नीरज गौतम भक्तपुर तेस्रो भएका छन्।

यसैगरी ६७ केजी तौल समूहतर्फ अमन श्रेष्ठ मकवानपुर प्रथम, विकास रानामगर दोस्रो, दावा छिरिङ लामा र मोहनकृष्ण श्रेष्ठ तेस्रो भएका छन्।

त्यस्तै ७१ केजी तौल समूहतर्फ प्रमोद राई काठमाडौं प्रथम, अञ्जन अधिकारी चिवतन दोस्रो, विक्रम धनुप सिन्धुली र सुसान्त लामा मकवानपुर तेस्रो भएका छन्।

यस्तै ७५ केजी तौल समूहतर्फ विनष राई काभ्रेपलाञ्चोक प्रथम, अतुल्य भण्डारी काठमाडौं दोस्रो, निशान लिम्बु चिवतन र शरदकुमार ठाकुर तेस्रो भए।

त्यसैगरी ८० केजी तौल समूहतर्फ साजन तामाङ ललितपुर प्रथम, मोहन तामाङ काभ्रेपलाञ्चोक दोस्रो तथा सागर पौडेल चितवन र सरोज महर्जन काठमाडौँ तेस्रो भएका छन् भने ८६ केजी तौल समूहतर्फ सोनु गुरुङ काठमाडौं प्रथम, सिजन लामा काभ्रेपलाञ्चोक दोस्रो र विजय बाडा भक्तपुर तेस्रो भए।

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्