प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
विदेशमन्त्री यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि मात्रै प्रचण्डसँग भेट गरेका हुन्।
काठमाडौं, चैत १३ : नेकपा माओवादी केन्द्रकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। नक्सालस्थित मेरियट होटलमा प्रचण्ड र वाङ यी बीच भेटवार्ता भएको हो।
विदेशमन्त्री यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि मात्रै प्रचण्डसँग भेट गरेका हुन्। ओलीसँगको भेटवार्ता जारी रहेकै अवस्थामा प्रचण्ड मेरियट होटल पुगेका थिए। भेटवार्ताका लागि नेता नारायणकाजी श्रेष्ठ पनि मेरियट पुगेका छन् ।
आइतबार बिहानै विदेशमन्त्री यी सहितको चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो। चिनियाँ भ्रमण टोली आजै स्वदेश फर्कनेछन्।
प्रकाशित मिति: १२:४३ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











