Kathmandu Press

चिनियाँ विदेशमन्त्रीलाई भेट्न मेरियट होटल पुगे प्रचण्ड 

काठमाडौं, चैत १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेरियट होटल पुगेका छन्। दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ्...
चिनियाँ विदेशमन्त्रीलाई भेट्न मेरियट होटल पुगे प्रचण्ड 

काठमाडौं, चैत १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेरियट होटल पुगेका छन्। दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ् यीलाई भेट्न प्रचण्ड नक्सालस्थित होटलमा पुगेका हुन्। 

प्रचण्डसँग भेटवार्ता गर्नुअघि विदेशमन्त्री यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओलीसँग भेटवार्ता जारी रहँदै प्रचण्ड मेरियट पुगेका हुन्। 

शुक्रबार काठमाडौं आएका चिनियाँ विदेशमन्त्री यीले शनिबार राष्ट्रपति प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका थिए। शनिबार नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेका थिए। 

भ्रमण सकेर यी आजै चीन फर्कनेछन्। 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्