Kathmandu Press

मेरियटमा चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन्।
मेरियटमा चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौं, चैत १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन्। तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेका विदेशमन्त्री यी र अध्यक्ष ओलीबीच आइतबार बिहान भेटवार्ता भएको हो। 

मन्त्री यीलाई भेट्न ओली बालकोटबाट नक्शालस्थित होटल मेरियट पुगेको थिए। मेरियटमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भनि चिनियाँ विदेशमन्त्रीले भेटवार्ता गर्दैछन्। 

उनी आजै स्वदेश फर्किनेछन्। 


 

प्रकाशित मिति: १२:०७ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्