कांग्रेस केन्द्रीय समिति बैठक आजपनि
काठमाडौं, चैत १३ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा ११ बजेपछि बैठक सुरु हुने बताइएको छ। शुक्रबारदेखि सुरु भएको...
काठमाडौं, चैत १३ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा ११ बजेपछि बैठक सुरु हुने बताइएको छ।
शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरुले ब्रिफिङ गर्ने क्रम जारी छ। घरघर जाऔं, कांग्रेस जिताऔं अभियानाबाट फर्किएका २० जना प्रतिनिधिले शुक्रबार ब्रिफिङ गरेका थिए। सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।
आजको बैठकमा पनि विभिन्न जिल्लाहरुको ब्रिफिङ जारी रहनेछ। बैठकले स्थानीय तहको निर्वाचनका उम्मेदवारलाई टिकट वितरण गर्न समिति बनाउने घोषणापत्र लगायत गठबन्धनबारे आवश्यक निर्णय लिइने एजेण्डा रहेको छ।
प्रकाशित मिति: ०९:४९ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











