Kathmandu Press

चुनावी तयारीका लागि ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं, चैत १३ : स्थानीय चुनावको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।आज अपराह्न...
चुनावी तयारीका लागि ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं, चैत १३ : स्थानीय चुनावको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।

आज अपराह्न ३ बजे एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो। महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा स्थायी कमिटी बैठक बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

स्थायी कमिटी बैठकमा आगामी स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ। यससँगै केन्द्रीय कमिटीको बैठकबाट पारित विषयवस्तुका आधारमा योजना बनाउने विषयमा पनि छलफल हुनेछ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन्।

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्