ग्लोबल आइएमई बैंकले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने
काठमाडौं, असोज १४ : ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्....

काठमाडौं, असोज १४ : ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५-०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो।
बैंकले १२.७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। बैंकले मंगलबार उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो। उक्त लाभांश बैंकको साधारणसभाले र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण हुने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए।
यस्तै, शिवम् सिमेन्ट प्रा।लिले आफ्ना शेयरधनीलाई प्रतिशेयर १५।७८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ। आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट रु ६९ करोड ४७ लाख ३८ हजार लाभांश वितरण गर्न लागेको हो। रासस










-1754206481.jpg)
