Kathmandu Press

निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गर्दै

निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।
निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गर्दै

काठमाडौं, चैत १३ :निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।

मतदाता नामावली अध्यावधि गर्ने काम सकिएको आयोगले जनाएको छ। निर्वाचन तयारीका क्रममा आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए।

आयोगले यसअघि एक करोड ७८ लाख मतदाता हुने अनुमान गरेको थियो। अहिलेसम्म मतदाताको अध्यावधि भइरहेको थियो।

आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि आयोगले दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ। मतदाताको अन्तिम नामालवी टुंगो लागेपछि मतपत्रको छपाइ शुरु हुनेछ।

 

प्रकाशित मिति: ०६:४३ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्