Kathmandu Press

राष्ट्रपतिलाई भेट्दै चिनियाँ विदेशमन्त्री वाङ यी

राष्ट्रपतिलाई भेट्दै चिनियाँ विदेशमन्त्री वाङ यी
फाइल तस्बिर

काठमाडौं, चैत १३ : चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै छन्।

उनले आज बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। विदेशमन्त्री यीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्।

त्यसपछि चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  भेट्ने कार्यक्रम छ। दुवै जनालाई होटल हायातमा भेट्ने कार्यक्रम तय गरिएको छ।

उनले शनिबार प्रधानमन्त्री शेरबारहदुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रलायले जनाएको छ।

भेटवार्ता लगत्तै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरिएको छ। विदेशमन्त्री यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई चाबी हस्तान्तरण गरेका थिए।

उनी शुक्रबार नेपाल भ्रमणमा आएका थिए। तीन दिने नेपाल भ्रमण सकेर उनी आजै स्वदेश फर्किनेछन्।

 

प्रकाशित मिति: ०६:३० बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्