Kathmandu Press

ढाेरेली समाजकाे अध्यक्षमा सिग्देल, महासचिवमा अर्याल

काठमाडौं, चैत १२ : ढाेरेली सेवा समाज, काठमाडौंकाे अध्यक्षमा मधुसुदन सिग्देल निर्वाचित भएका छन्। आज राजधानीमा आयाेजित समाजकाे १३ साधारणसभाबाट सिग्देलकाे अध्यक्षतामा निर्विराेध...
ढाेरेली समाजकाे अध्यक्षमा सिग्देल, महासचिवमा अर्याल

काठमाडौं, चैत १२ : ढाेरेली सेवा समाज, काठमाडौंकाे अध्यक्षमा मधुसुदन सिग्देल निर्वाचित भएका छन्। आज राजधानीमा आयाेजित समाजकाे १३ साधारणसभाबाट सिग्देलकाे अध्यक्षतामा निर्विराेध १५ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे।

समाजकाे उपाध्यक्षमा बसन्तराज गाैतम, महासचिवमा धर्मदत्त अर्याल, सचिवमा सलिता गुरूङ र काेषाध्यक्षमा लक्ष्मी महत थापा चयन भए। यसैगरी सदस्यमा  ईश्वरी बस्नेत थापा, मधु माया राना थापा, सिता कुमारी खाण, राजेन्द्र पोख्रेल, नबिन पोख्रेल, मिना सिग्देल, कुसुम थापा र पित्ताम्बर सिग्देल निर्वाचित भए।

तनहुँकाे ढाेरेलीबाट राजधानी काठमाडौं आयर बसाेबास गर्नेहरूले २०६४ सालमा यस समाजकाे स्थापना गरेका हुन्। समाज विभिन्न सामाजिक बिकास, स्वास्थ्य, शिक्षा र खेलकुदका क्षेत्रका सक्रिय रहँदै आएकाे छ।

प्रकाशित मिति: २०:३४ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्