Kathmandu Press

विमान दुर्घटना स्थलमा कुनै विस्फोटक पदार्थ नभेटिएको अधिकारीको भनाइ

नान्निङ, चैत १२ : चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ।ग्वाङ्सी झुआङ...
विमान दुर्घटना स्थलमा कुनै विस्फोटक पदार्थ नभेटिएको अधिकारीको भनाइ

नान्निङ, चैत १२ : चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ।

ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रको अग्नि नियन्त्रण ब्रिगेडका प्रमुख झेङ सिले सार्वजनिक सुरक्षा अधिकारीहरूको भौतिक र रसायन प्रयोगशालाले दुर्घटना स्थलबाट प्राप्त ६६ मध्ये ४१ वटा नमूनाको परीक्षण गरिसकेको छ।

उनले भने, 'त्यहाँ सामान्य अकार्बनिक विस्फोटक पदार्थको कुनै अवयवहरू फेला परेको छैन।    परीक्षणगर्दा कुनै नियमित जैविक विष्फोटक पदार्थ पनि भेटिएको छैन।'

प्रकाशित मिति: १९:५७ बजे, शनिबार, चैत १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्