बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो
बर्दिया, चैत १२ : यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो।
एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए। थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए।
प्रकाशित मिति: १९:४१ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा चिसोले जनजीवन प्रभावितबुधबार, माघ २, २०८१
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरूद्धको खोप लगाइनेआइतबार, पुस २८, २०८१
झापामा सीमास्तम्भ मर्मत गरिँदैशुक्रबार, पुस २६, २०८१
वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेशबिहीबार, पुस २५, २०८१