पर्यटन प्रवर्द्धनार्थ पनौतीमा ‘साइकिलिङ’को सुरुआत
काभ्रेपलाञ्चाेक, चैत १२ : पर्यटन प्रवद्र्धनार्थ पनौती नगरपालिकाले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइकिलिङ’को सुरुआत गरेको छ। औपचारिकरूपमा आज उक्त साहसिक...काभ्रेपलाञ्चाेक, चैत १२ : पर्यटन प्रवद्र्धनार्थ पनौती नगरपालिकाले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइकिलिङ’को सुरुआत गरेको छ। औपचारिकरूपमा आज उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म आयोजना गरियो।
नगरपालिकाको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब २०० राइडरले साइकिलिङ गरेका थिए। साइकिलिङको नगर उपप्रमुख गीता बञ्जाराले आज एक कार्यक्रमबीच उद्घाटन गरे। छ किलोमिटर दूरी रहेको उक्त साकिलिङ ट्रेल रुटमा खेल सञ्चालन गर्न पाइनेछ। 'यो गन्तव्यमा साइकिलिङका लागि खुला भएको छ, यसका लागि पर्यटन बोर्डले प्रचारमा समेत ल्याइसकेको छ,' बञ्जाराले भने।
उक्त ट्रेलमा हाइकिङका लागि पनि उपयुक्त रहेकाले राजधानी नजिक रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने नगरप्रमुख भीम न्यौपानले बताए। उनका अनुसार पनौती धार्मिक, ऐतिहासिक, सांस्कृतिकसँगै ‘एग्रो टुरिजम, एड्भेन्चर टुरिजम’ प्रवेश गरिएको हो। सरकारले यहाँबाट दृश्यावलोकन गर्न सकिने मनोरम दृश्य र भौतिक एवं प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यमा समेत समेटेको छ।
नेपाल पर्यटन बोर्डले गत असोजमा विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो। यसका लागि बोर्डले नगरपालिकाभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै पर्चासमेत सार्वजनिक गरेको हो।
उक्त नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम–शृङ्खलाहरूको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको बोर्डले निष्कर्ष निकालेको छ। यस्तै साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल रहेको बोर्डले जनाएको छ।
पनौती पर्यटन समितिको सक्रियतामा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीयस्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको नगरप्रमुख न्यौपानले बताए। पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने जनाइएको छ।