नेपाल र चीनबीच कुनकुन नौ समझदारीपत्रमा भयाे हस्ताक्षर?
काठमाडाैं, चैत १२ : नेपाल र चीन सरकारबीच विभिन्न नौवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।शनिबार सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी...
काठमाडाैं, चैत १२ : नेपाल र चीन सरकारबीच विभिन्न नौवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
शनिबार सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा दुई देशका प्रतिनिधिबीच नौवटा समझदारी पत्रमा हस्ताक्षर भएको हो।
नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणका विषयमा समझदारी भएको छ ।
त्यस्तै नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोली सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्ने लगाएतका विषयमा पनि समझदारी भएको छ।
त्यस्तै सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ यी र परारष्ट्रमन्त्री खड्काबीच दुईपक्षीय सम्बन्धमा विषयमा छलफल भएको थियो। विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डल शुक्रबार नेपाल आएको हो।












