Kathmandu Press

हरियो रङबाट तर्सिनेलाई निर्वाचनको परिणामले पनि तर्साउनेछ : महामन्त्री शर्मा

काठमाडाैं, चैत १२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरु निर्वाचनको परिणामबाट पनि तर्सिने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक...
हरियो रङबाट तर्सिनेलाई निर्वाचनको परिणामले पनि तर्साउनेछ : महामन्त्री शर्मा

काठमाडाैं, चैत १२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरु निर्वाचनको परिणामबाट पनि तर्सिने दाबी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रङबाट तर्सिएको भन्दै अब निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दाबी गरेका हुन्।

महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई डायनासोर विकासको संज्ञा दिए। ठुलोठुलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको भनाइ छ।

उनले आगामी निर्वाचनमा तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिनुपर्ने र यस बिषयमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बताए।

शर्माले आगामी निर्वाचनमा कांग्रेस सहि बिचार र दृष्टिकोणसहित जनतामा जाने र देशको ठूलो र बहुमतको पार्टी बन्ने धारणा राखे।

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्