Kathmandu Press

कांग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्दैन : लिङ्देन

कांग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्दैन : लिङ्देन

काठमाडाैं, चैत १२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित राप्रपा कार्यकर्ता भेलामा बोल्दै लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केहि गर्न नसकेको भन्दै अब पनि उनीहरुले निर्वाचन जिते मुलुक बन्न नसक्ने बताएका हुन्।

उनले असफल भएका दललाई भोट दिएर विजयी गराए मुलुक नै असफलतातर्फ जाने तर्क गरे। उनले तीनै तहको निर्वाचनमा सोचेर भोट दिन आग्रह गरे। उनले आफ्नो पार्टीले पाँच वर्ष मात्रै देशको नेतृत्व पाए मुलुकको मुहार फेर्ने दाबी गरे।

उनले जनताले पनि निर्वाचनलाई मुलुकको हितका लागि प्रयोग गर्नुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्