सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन् : ओली
काठमाडाैं, चैत १२ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनमा कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्।शनिबार काठमाडौंमा एमाले निकट...
काठमाडाैं, चैत १२ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनमा कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा एमाले निकट मुस्लिम संगठन इतेहादको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन्।
अहिले एमालेसँग लडेर सकिँदैन भनेर प्रधानमन्त्री देउवाले मात्र बुझेको तर्क गरे। उनले कांग्रेससँग चुनाव जित्नका लागि कुनै एजेण्डा नभएकाले एमाले नेतृत्वको सरकारको भण्डाफोर गर्ने अभियान चलाउन थालेको आरोप पनि लगाए।
त्यस्तै ओलीले प्रचण्डलाई सपार्न आफूले अनेकौं प्रयास गरेको तर्क गरे। उनले आगामी निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा नगर्न ओलीले निर्देशन पनि दिए।
प्रकाशित मिति: १६:०१ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











