Kathmandu Press

चीनद्वारा श्रीलंकालाई दुई हजार टन चामल सहयोग

कोलम्बो, चैत १२ : चीनले गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ।  कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य...
चीनद्वारा श्रीलंकालाई दुई हजार टन चामल सहयोग

कोलम्बो, चैत १२ : चीनले गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ।  

कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो।

चीनले श्रीलङ्कालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ।

मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलङ्काले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो।

श्रीलङ्काको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ।

कोरोनाभाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलङ्का सङ्कटमा परेको श्रीलङ्काली अधिकारीहरूले दाबी गरेका छन्।

चीन र श्रीलङ्का बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाइ छ।

चीनले श्रीलंकालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ।

प्रकाशित मिति: १५:४६ बजे, शनिबार, चैत १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्