आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत
पर्वत, चैत १२ , एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्। पर्वत जिल्लाका विभिन्न पालिकाहरुको...
पर्वत, चैत १२ : एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्।
पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताएका हुन्।
उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न माओवादी केन्द्रसहितका कम्युनिस्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको बताए।
निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गरे।
प्रकाशित मिति: १४:३३ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











