Kathmandu Press

कीर्तिमानी आरोही पुर्जाले चितवनमा भेटे प्रचण्ड

चितवन, चैत १२ : विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला...
कीर्तिमानी आरोही पुर्जाले चितवनमा भेटे प्रचण्ड

चितवन, चैत १२ : विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमालआरोहण गरेर कीर्तिमानी बनाएका पुर्जाले आज (शनिबार) चितवनमा प्रचण्डलाई भेटेका हुन्।

प्रचण्डले आरोही पुर्जाका साहसको प्रशंसा गर्दै उनलाई थप सफलता प्राप्तिका लागि हौसला दिएको प्रचण्डको सचिवालयले जनाएको छ। अहिलेसम्मको सफलताका लागि बधाई दिँदै उनले पुर्जालाई अझै कीर्तिमान कायम गरी विश्वमा साहसिक सेलिब्रेटी बन्न शुभकामना दिएको सचिवालयकोृ भनाइ छ। 

प्रचण्डले पुर्जाका हिमाल आरोहण अनुभवबारे जिज्ञासा राख्दै आरोहीले बेहोर्नुपर्ने समस्या र तिनका समाधानबारे छलफल गरेको पनि बताइएको छ।

प्रचण्डले आरोही पुर्जाका भावी योजना र देशका लागि अरु कीर्तिमानका योजनाका बारेमा पनि चासो राखेका थिए। भेटका क्रममा पुर्जाले आफूले देशका लागि अझै यस्तै अन्य कीर्तिमान कायम गर्ने कार्यहरु गरी देशको नाम राख्ने बताएको प्चण्डको सचिवालयको भनाइ छ।

प्रकाशित मिति: १४:२० बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्