Kathmandu Press

निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

ललितपुर, चैत १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।शनिबार ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण...
निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

ललितपुर, चैत १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शनिबार ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने भन्दै निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले निर्वाचनको आवश्यक पूर्वतयारी गरिरहेको पनि जानकारी दिए। त्यस्तै उनले स्थानीयहरुलाई नै विकास निर्माणको जिम्मेवारी दिँदा छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको भन्दै स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गरे। 

त्यस्तै उनले ललितपुर महानगरले सम्पदा संरक्षणमा खेलेको भूमिकाको प्रसंसा गरे। २०७२ सालको भूकम्पले क्षति पुराएको भीमसेन मन्दिरको स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो।

प्रकाशित मिति: १३:४२ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्