Kathmandu Press

आइएमएफले अर्जेन्टिनालाई ४४ अर्ब अमेरिकी डलर सहयोग गर्ने

वाशिङ्टन, चैत १२ : न्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४...
आइएमएफले अर्जेन्टिनालाई ४४ अर्ब अमेरिकी डलर सहयोग गर्ने

वाशिङ्टन, चैत १२ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको छ।  

‘अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले आज अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधाअन्तर्गत ३० महिना विस्तारित व्यवस्थालाई अनुमोदन गर्यो,’ शुक्रबार आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आईएमएफले सार्वजनिक वित्तलाई सुदृढ पार्ने र ‘निरन्तर उच्च मुद्रास्फीति’लाई कम गर्न सुरु गर्ने लक्ष्य राखेको छ।

‘अर्जेन्टिनाले असाधारण आर्थिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको छ, जसमा निराशाजनक प्रतिव्यक्ति आय, उच्च गरिबीको स्तर, लगातार उच्च मुद्रास्फीति, भारी ऋणको बोझ र कम बाह्य बफरहरू छन्। यस पृष्ठभूमिमा अधिकारीहरूको आर्थिक कार्यक्रमले व्यावहारिक र यथार्थपरक उद्देश्यहरू सेट गर्दछ, बृहत् आर्थिक स्थायित्वलाई सुदृढ गर्न र अर्जेन्टिनाका गहिरो बसेका चुनौतीहरूलाई सम्बोधन गर्न यो सहयोग गरिएको हो,’ आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले भनेका छन्।

प्रकाशित मिति: १३:३० बजे, शनिबार, चैत १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्