Kathmandu Press

चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

लन्डन, चैत १२ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार चीनका राष्ट्रपति सी चिन फिङसँग कुरा गर्दै युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा...
चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

लन्डन, चैत १२ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार चीनका राष्ट्रपति सी चिन फिङसँग कुरा गर्दै युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा छलफल गरेका छन्।

'नेताहरूले युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा एक घन्टा लामो छलफल गरेको र उहाँहरू पुनः छलफल गर्न सहमत भएको,' बेलायती प्रधानमन्त्रीको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

Hardik ivf

वार्ताको क्रममा प्रधानमन्त्री  जोनसनले गत हप्ता चीनमा दुर्घटनाग्रस्त विमानका पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका थिए।

दुई देशबीचको राजदूत स्तरमा कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको स्मरण गर्दै सीले विगत आधा शताब्दीमा केही उतारचढावका बाबजुद पनि सम्बन्ध समग्रमा निरन्तर वृद्धि भएको बताएका थिए।

सिन्ह्वा समाचार एजेन्सीले  जनाएअनुसार दुवै देशको घरेलु अवस्था र विकास मार्ग फरक फरक रहेको उल्लेख गर्दै सीले दुवै पक्षले रणनीतिक र दीर्घकालीन परिप्रेक्ष्यमा ध्यान दिनुपर्ने बताएका छन्।

सीले चीन बेलायतसँग वार्ता र सहयोग गर्न इच्छुक रहेको  समेत  उल्लेख गरेका छन्।

प्रकाशित मिति: १२:२३ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्