Kathmandu Press

गृह जिल्ला पुगेर सञ्चारमन्त्रीले भने– अब भाषण मात्र गर्दिनँ, व्यवहारमै उतार्छु

सुनसरी, चैत १२ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी सरमुकाम इनरुवा पुगेका छन्। जिल्ला भ्रमणका लागि आएका आएका...
गृह जिल्ला पुगेर सञ्चारमन्त्रीले भने– अब भाषण मात्र गर्दिनँ, व्यवहारमै उतार्छु

सुनसरी, चैत १२ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी सरमुकाम इनरुवा पुगेका छन्। जिल्ला भ्रमणका लागि आएका आएका मन्त्री कार्कीले अब भाषण मात्रै नगर्ने, त्यसलाई व्यहारमै उतार्ने बताए ।

इनरुवास्थित सुनसरी जिल्ला अस्पतालको अनुगन गर्दै उनले अस्प्ताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने पनि बताए । सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारणपछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग उनले बताए ।

कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट सङ्क्रमित भएका बिरामीको उपचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले आभार व्यक्त गरे। उनले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रुपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ११:२० बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्